काठमाडौं । संगीतकार मदन दीपबिमको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार सोमबार उनको हृदयाघातका कारण अमेरिकामै निधन भएको हो। उनी छोरी ममता दीपबिमसँगै अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए।
झस्केर दुख्छ यो मुटु मेरो कसैको यादमा‘, सुरिलो रुख सल्लै हो, तिम्रै यादमा कल्पी कल्पी जस्ता चर्चित गीतहरुमा मदनले संगीत दिएका छन्। उनकी छोरी ममता पनि संगीत कर्ममै छिन। सुरिलो रुख सल्लै हो।। मा भने छोरी ममताले स्वर दिएकी छन्। संगीतकार दिपबिमप्रति हाम्रोतर्फबाट हार्दिक श्रद्धाञ्जली।
प्रकाशित मितिः २०७६ वैशाख १० मंगलबार
Comments