काठमाडौं । फिल्म ‘गरुड पुराण’ को नयाँ गति सार्वजनिक गरिएको छ । आगामी माघ गतेबाट प्रदर्शनमा आउने सो फिल्मको नयाँ गीत ‘म त पिरिममा’ भिडियो युट्युबबाट सार्वजनिक गरिएको हो ।
रोमान्टिक आइटमको यो गीतमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले नाचेका छन् । उनीसँगै कर्मा, गरुड पुराणकी नवोदित नायिका प्रियंकासिंह ठकुरी र मोडल अन्जली योन्जनलाई स्क्रिनमा देख्न सकिन्छ ।
यस गीतमा रेनाशा बान्तवा राईले कोरियोग्राफी गरेकी छन् । गीतमा प्रियंका र अन्जलीलाई ग्ल्यामर अवतारमा देख्न सकिन्छ । दुई सुन्दरीसँग निश्चलले रोमान्स गरेका छन् ।
दिनेश राउतले लेखेको यो गीतमा कोसिस क्षेत्रीले धुन भरेका छन् । गीत कोसिस र मनिषा पोखरेलको गाएका छन् ।
प्रस्तुत फिल्म ‘गरुड पुराण’ पारिवारिक प्रेमकथामा आधारित रहेको बताइएको छ । फल्ममा हाँस्य खुराकसमेत हुनेछ । निर्देशक सुवास कोइरालाद्वारा निर्देशित यो फिल्ममा आकाश बराल, विनोद खतिवडा र सुवास आफैंले पटकथा संवाद लेखेका हुन् । कथा भने कसम नेपालले लेखका हुन् । फिल्मको मुख्य भूमिकामा प्रियंकासँगै नाजिर हुसेन, कर्मा शाक्य, कामेश्वर चौरसिया, प्रवीण खतिवडालगायत रहेका छन् ।
प्रकाशित मितिः २०७५ मंसिर १२ बुधबार
Comments