काठमाडौं । गायिका निर्मला थापा मगरले आफ्नो नयाँ गीत बजारमा ल्याएकी छिन् ।
गायिका निर्मलाले आफ्नै युट्युव च्यानलमार्फत सोमबार “रिडी बजार काली दोभान” भन्ने गीत बजारमा ल्याएकी हुन् ।
गायिका निर्मलालाई सन्तु थापा मगरले गायनमा साथ दिएका छन् भने गणेश अधिकारीको शब्द तथा गायिका निर्मलाको लयमा रहेको गीतको भिडियोलाई गायक सन्तुले निर्देशन गरेका छन् ।
गुल्मी रेसुङ्ग म्युजिक प्रा।लीको प्रस्तुतीमा रहेको भिडियोमा मुकुन्द सुवेदी, नबिना थापा मगर र कृतिकाको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोलाई करन चैसिरले छायाकंन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोसः
प्रकाशित मितिः २०७५ मंसिर ११ मंगलबार
Comments