काठमाडौं । नेपाली चलचि ‘शत्रु गते’ युबटुमा आएको छ । आँचल शर्मा, पल शाह र मह जोडीको यस फिल्मको १५ मनिेटको अंश युटुमा हालिएको छ ।
बुधबार सार्वजनिक गरिएको १५ मिनेटको सारांसमा फिल्मको मुख्य–मुख्य भागलाई समेटिएको छ । अब बाँकी भाग भने चाँडै नै आउने छ । पछिल्लो समय कुनै चर्चित फिल्मका मुख्य–मुख्य अंशलाई समेटेर केही मिनेटको सारांश भाग बनाउने चलन रहेको छ ।
गत वर्षको चैत ९ गते प्रदर्शनमा भएको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, बसुन्धरा भुसाल, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतको अभिनय रहेको छ । प्रदीप भट्टराईको निर्देशन रहेको शत्रु गतेमा टंका बुढाथोकी र कालीप्रसाद बास्कोटाले संगीत दिएका छन् ।
प्रकाशित मितिः २०७५ मंसिर ६ बिहिबार
Comments