काठमाडौं । एक समयको एकदमै हिट चलचित्र ‘हामी ३ भाई’को सिक्वेल बन्ने भएको छ । आज भन्दा १४ वर्ष अघि ‘हामी ३ भाई’ बनाएका निर्माता रमेश त्वायनाले यसको सिक्वेल बनाउने भएका हुन् ।
‘हामी ३ भाई’ मा त्यस बेलाका चर्चित नायकहरु राजेश शमाल, निखिल उप्रेती र दिवंगत श्रीकृष्ण श्रेष्ठले अभिनय गरेका थिए भने त्यसको सिक्पेलमा अहिलेका चर्चित नायकरु अनमोल केसी, प्रदीप खड्का र पल शाहले गर्ने भएका छन् ।
निर्माता त्वायनाका अनुसार अहिलेका हट केक यी तीन नायकहरुलाई फाइनल गरिएको छ । यद्यपि, यी तीन नायकसँग कागजी सम्झौता भने भइसकेको छैन । यसैगरी निर्माता त्वायनाका अनुसार यी तीन जनासँग भएको कुराकानीपछि तीनै जनाले सिक्वेलमा काम गर्ने कुरामा सकारात्मक देखिएका छन् ।
तर, अन्य कलाकारहरु टुङ्गो लाग्न बाँकी नै रहेको निर्माता त्वायनाको भनाई छ । यसअघिको ‘हामी तीन भाई’ नेपाली सिनेमाको ईतिहासमा राम्रो कारोबार गर्ने सिनेमा हो । यो सिनेमाले निर्मातालाई ५० लाख भन्दा माथिको नाफा गराएको थियो ।
प्रकाशित मितिः २०७५ मंसिर ६ बिहिबार
Comments