काठमाडौं । बलिउडमा स्टार कलाकारका छोराछोरी भकाभक फिल्मी उद्योगमा डेब्यु गर्नेक्रम जारी छ । यसैक्रममा स्टार अभिनेता शाहरुख खानले आफ्नी छोरी सुहाना खानलाई फिल्मी उद्योगमा प्रवेश गराउन सक्रियता बढाएका छन् ।
बलिउडमा अहिले सुहानाको डेब्युलाई लिएर अनेक चर्चा भइरहेका छन् । मिडियाले पनि यस विषयलाई निकै महत्त्व दिइरहेका छन् । पछिल्लो समय नायक खानले आफ्नी छोरीलाई उद्योगमा इन्ट्री दिन निर्देशक सन्जयलीला भन्सालीसँग कुरा गरेका छन । यता, भान्सालीले पनि खानकी छोरीलाई चाँडै डेब्यु गराउने तयारी गरेको खबर छ ।
खबरअनुसार खानले भने आफ्नी छोरीलाई कमर्सियल फिल्मभन्दा फरक धारको फिल्मबाट डेब्यु गराउन खोजेका छन् । तर, खानकी छोरी कहिले र कस्तो फिल्मबाट डेब्यु गर्दैछिन् भन्नेबारे प्रष्ट भइसकेको छैन । एजेन्सी
प्रकाशित मितिः २०७५ मंसिर ५ बुधबार
Comments