काठमाडौं । नायक पल शाह र नायिका प्रकृति श्रेष्ठ अभिनति म्युजिक भिडियोले एक करोड भ्युज बनाएको छ । ४ वर्षअघि युटुबमार्फत् उनीहरु अभिनित ‘आई लभ यु’ बोलको गीतको म्युजिक भिडियोले एक करोड भ्युज बनाएको हो ।
एक करोड भ्युज पाएको उपलक्ष्यमा शनिबार काठमाडौं केक काट्दै खुसी साटिएको छ । गायक कमल के क्षेत्री पनि उपस्थित रहेको सो कार्यक्रममा नायक पलले नै केक काट्दै खुसी साटासाट गरेका थिए ।
यो समाचार तयार पार्दासम्म उक्त म्युजिक भिडियोले १ करोड ४१ हजार भ्युज बनाएको छ भने ३ हजार १ सय लाइक पाएको छ । यस्तै सो भिडियोले १ हजार ४ सय सकारात्मक प्रतिक्रिया कमाएको छ ।
एकसमय यो जोडीलाई निकै नै रुचाइन्थ्यो । पल र प्रकृतिलाई धेरै म्युजिक भिडियोमा देख्न पाइन्थ्यो । तर, आजभोलि प्रकृतिको सट्टामा उनकी रियल जोडी आँचलको माग रहेको छ । धेरै दर्शकले नायिका आँचल शर्मा र पललाई एकसाथ पर्दामा देख्न चाहन्छन् ।
उक्त गीतमा गायक कमल के। को शब्द, संगीत तथा स्वरसमेत रहेको छ । नितीन चन्दको निर्देशन तथा छायांकन रहेको यस गीतको भिडियोलाई नायक पल शाह स्वयंले सम्पादन गरेका हुन् ।
प्रकाशित मितिः २०७५ मंसिर ३ सोमबार
Comments