काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो सारेगामापाको टप १३ मा पुग्न सफल भएकी छिन्। आइतबार आशा भोसले र अशोककुमारको स्वर रहेको ‘पिया बावरे’ बोलको गीत गाएकी थिइन् । उनले जुरीबाट ९९।३ अंक पाएकी थिइन् भने सबैले उठेर उनको प्रशंसा गरेका थिए । कार्यक्रममा गेष्ट जज रहेकी अभिनेत्री प्रिती जिन्टालेसमेत उनको खुलेर प्रशंसा गरेकी थिइन् ।
गीतमा उनको शास्त्रीय प्रस्तुतिलाई जजहरुले प्रशंसा गरेका थिए । उनको सधैं प्रंशसा गर्ने जज शेखर रबजियानीले उनलाई आफ्नो दमदार प्रस्तुतिलाई कायमै राख्न भनेका थिए ।
प्रकाशित मितिः २०७५ मंसिर ३ सोमबार
Comments