काठमाडौं । अहिले बलिउडका अभिनेत्रीहरुको धमाधम विवाह हुँदैछन् । अनुष्का शर्मा, सोनाम कपुर, दीपिका पादूकोण र नेहा धुपियाले विवाह गरिसकेका छन् । तर, नेहा र अंगद बेदीले बलिउडमा अचम्म तरिकाले बिहे गरे ।
नेहा गर्भवती भएपछि उनीहरुले विवाह गर्ने निधो गरे । नेहा र अंगदले निकै गोप्य तरिकाले विवाह गरेका थिए । बलिउडमा कसैलाई पनि निम्तो नगरी बिहे गरेका उनीहरुले विवाहको फोटो सार्वजनिक गरेपछि मात्रै यी दुईले बिहे गरेको थाहा भएको थियो ।
सन् २०१८ मा बैवाहिक बन्धनमा बाँधिएको यी जोडी ६ महिना नबित्दै अभिभावक बनेका छन् । नेहाले मुम्बईको खारस्थित वीमेन्स अस्पतालमा एक छोरीलाई जन्म दिएकी छन् । नेहाले आइतबार बिहान एक छोरी जन्माएकी हुन् ।
प्रकाशित मितिः २०७५ मंसिर ३ सोमबार
Comments