काठमाडौं । रेखा थापाको फिल्म ‘डायरी’ युटुबमा सार्वजनिक भएको छ । बोल्ड क्यारेक्टरमा देखिएकी नायिका थापाको फिल्म शुक्रबार युटुबमा सार्वजनिक भएको हो ।
यस फिल्म कलाकार ठुल्छिम लामाले निर्माण गरेकी हुन् । प्रेमकथामा आधारित यस फिल्ममा रेखालाई भिलेनको अवतारमा प्रस्तुत गरिएको छ । ‘डायरी’लाई अनिल योन्जनले निर्देशन गरेका हुन् । रेखा, ठुल्छिम र सन्नी सिंहको प्रमुख भूमिका रहेको चलचित्रमा एक्सन र लभस्टोरीको पाटो समेटिएको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक ३० शुक्रबार
Comments