काठमाडौं । त्रेता युगमा भगवान् रामकी पत्नी बनेकी माता सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको तेस्रो पटकको सहकार्यको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।
सोमबारको शुभ साइतमा युनिटले जानकी मन्दिरमा फिल्मको शुभसाईत गर्दै सुटिङ थालेको हो । फिल्ममा पल शाह डबल रोलमा देखिँदैछन् । सुदर्शन र पूजाको सहकार्यमा यस अघि म यस्तो गीत गाउँछु र त्यसको सिक्वेलमा बनेको थियो ।
यो फिल्ममा अभिनेत्री प्रियंका कार्की र पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री निकिता चाण्डक पनि देखिदैँछन ।
प्रकाशित मितिः २०८१ बैशाख १० सोमबार
Comments