काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अनमोल र जसिताबीचको प्रेम र सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ । ट्रेलरमा जसिताप्रति अनमोल बढी नै आशक्त देखिएका छन् ।
फिल्ममा सुयोग गुरुङको लेखन र निर्देशन छ । राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । निर्देशक गुरुङले सन् २०१९ देखि फिल्मको तयारी गरेको स्मरण गर्दै नेपाली फिल्ममा पहिलोपटक ट्राभल जर्नीमा फिल्म बनाएको दाबी गरेका छन् ।
फिल्मबाट रवि काफ्ले र समृद्धि रिजालले अभिनयमा ‘डेब्यू’ गर्दैछन् । ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्म जेठ १० गतेबाट रिलिज हुँदैछ ।
प्रकाशित मितिः २०८१ बैशाख ०६ बिहिबार
Comments