काठमाडौं । वैदेशिक रोजगारीको दुःखान्त दर्शाउने नेपाली फिल्म ‘द रेड सुट्केस’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सीडीसी हलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको हो ।
निर्देशक फिडेल देवकोटाले एउटा रातो सुट्केसमार्फत नेपाली समाजमा वैदेशिक रोजगारीको सामाजिक र मानवीय असरको कथा पेश गरेका छन् ।विदेशबाट आएको रातो सुट्केसलाई कुनै गन्तव्यमा पुर्याउन मुख्य पात्रले थालेको यात्रा यसको कथावस्तु हो । प्रवीण खतिवडाले सुट्केस लिएर हिंडेको पात्रको भूमिका गरेका छन् ।
निर्माता रामकृष्ण पोखरेलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय तहमा लैजान यस्ता फिल्म बन्नुपर्छ भनेर आफ्नो प्रोडक्सन कम्पनी आइसफल लागिरहेको बताए । भेनिस र मुम्बईजस्ता चर्चित फेस्टिभलमा स्क्रिनिङ भइसकेको यो फिल्म चैत ३० गते नेपाली हलमा रिलिज हुँदैछ ।
प्रकाशित मितिः २०८० चैत्र २० मंगलबार
Comments