काठमाडौं । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छिन् । गायिका एलिनाले प्रेमी विष्णुसँग वैशाख ५ गते विवाह गर्न लागेकी हुन् । गायिका चौहान र विष्णुले दुवै जना बिहेको तयारीमा जुटेका छन् । गीतकारसमेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् ।
अस्ट्रेलियामा बस्दै आएका विष्णु र झापाकी गायिका चौहानबीच ब्रेकअप भएको हल्ला चलेको थियो । तर, गायिका एलिनाले भने केही असझदारी उत्पन्न भए पनि ब्रेकअप नभएको बताएकी थिइन् ।
प्रकाशित मितिः २०८० चैत्र १२ सोमबार
Comments