काठमाडौं । बलिउडकी टप सिंगर निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको मृत्यु भएको छ । केरलाको कोच्चीमा एउटा विश्वविद्यालयमा उक्त कन्सर्टको आयोजना गरिएको थियो । कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी (सीयूएसएटी) मा आयोजित टेक फेष्टमा पर्फमेन्श गर्ने वाला थिइन् ।
फेष्ट सुरु हुँदै गर्दा पानी परेपछि भागाभाग हुँदा ४ जना विद्यार्थीको मृत्यु भयो भने अरू ६५ जना घाइते भए । मर्नेमा २ जना किशोर र २ किशोरी रहेको बताइएको छ । यो घटना हुँदा निकिताले गाउन सुरु पनि गरेकै थिइनन् । कार्यक्रममा टिकट भएकाहरुलाई मात्रै छिर्न दिइएको थियो । तर कन्सर्ट स्थलबाहिर पनि ठूलो भिड लागेको थियो ।
एउटै गेटबाट भित्रिने र बाहिरिने व्यवस्था गरिएकोले भागाभाग मच्चिएको बताइएको छ । पछिल्लो समय निकिताको टाइगर ३ मा लेके प्रभुका नाम भन्ने गीत रिलिज भएको थियो । यो घटनाले आफू दुखित भएको भन्दै यो दुःखद घटनामा शोक व्यक्त गर्न आफूसँग कुनै शब्द नभएको निकिताले सामाजिक सञ्जालमा एउटा पोष्टमा भनेकी थिइन् ।
प्रकाशित मितिः २०८० मंसिर १० आइतबार
Comments