काठमाडौं । ‘प्रकाश’का निर्देशक दिनेश राउतले नयाँ फिल्म घोषणा गरेका छन्। उनले आफ्नो सातौं फिल्मको रुपमा ‘पुजार सार्की’ घोषणा गरेका हुन्। फिल्मलाई विकास सुवेदीले लेखेका छन्। फिल्मलाई सुभाष भुषालले निर्माण गर्नेछन्।
किङ्गडम नेटवर्कको प्रोडक्सनमा बन्ने फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्म माघको पहिलो साताबाट छायाँकनमा जानेछ। फिल्ममा अहिलेसम्म पात्रहरू भने सार्वजनिक गरिएको छैन। लेखक सुवेदीका अनुसार फिल्म एकजना क्रान्तिकारी दलित पात्रको जीवनमा आधारित हुनेछ।
यसअघि लोकप्रिय बनेको फिल्म ‘प्रकाश’मा पनि विकास र दिनेशले सहकार्य गरेका थिए।
प्रकाशित मितिः २०८० मंसिर ०७ बिहिबार
Comments