काठमाडौं । कवि, गीतकार तथा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठद्वारा रचित ‘कर र करार’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँमा मंगलबार विशेष कार्यक्रमका बीच उक्त भिडियो सार्वजनिक गरिएको हो ।
शक्ति बल्लभले संगीत भरेको उक्त गीतमा आनन्द कार्कीले स्वर दिएका छन् । यसअघि श्रेष्ठले गीति एल्बम ‘जिन्दगीका तरेली’ बजारमा ल्याएका थिए । जसमा सातवटा गीत समावेश थिए ।
प्रकाशित मितिः २०८० कार्तिक ०१ बुधबार
Comments