काठमाडौं । चर्चित नेपाली रक ब्याण्ड स्याडोजका गायक स्वप्निल शर्माले कलाकार भिसाका नाममा मानव तस्करीमा संलग्न इभेन्ट आयोजकहरुलाई बहिष्कार गर्नुपर्ने बताएका छन्।
स्वप्निल शर्माले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै गेैर कलाकारलाई कलाकार बनाएर अष्ट्रेलिया लैजाने प्रवृत्तिको विरोध गरेका हुन्।
उनले लेखेका छन्- … कलाकार भिसाको नाममा मानव बेचबिखनमा संलग्न अष्ट्रेलियाका आयोजकलाई बहिष्कार गर्नुपर्छ । यही कारणले गर्दा हिजोआज अष्ट्रेलियामा हप्तामा दुई पटक कार्यक्रम हुने गरेको कारण कलाकारको नभएर कलाकार भिसामा गैर कलाकारका लागि आवेदन दिनु अस्ट्रेलियामा एउटा व्यवसाय भएको छ।’
उनले आयोजकलाई चिनेर तथा उसको पृष्ठभूमि जाँच गरेरमात्र अष्ट्रेलियामा कार्यक्रम तय गर्न पनि कलाकारहरुसँग आग्रह गरेका छन्।
प्रकाशित मितिः २०८० भदौ ०७ बिहिबार
Comments