काठमाडौं । नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् ।
डीएआर मुभिजले गर्न लागेको ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् । उपविजेताले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।दोहोरी आइडलको छायाँकन माघबाट सुरु हुने डीएआर मुभिजले जनाएको छ ।
प्रकाशित मितिः २०७९ मंसिर २० बिहिबार
Comments