काठमाडौं । गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘सहरमा एउटा हल्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द डा. राजु बाबु श्रेष्ठको रहेको छ भने संगीत अनिश श्रेष्ठको रहेको छ । प्रेमिल शैलीको यस गीतलाई गुरुङ कुमारले संगीत संयोजन गरेको हो ।
म्युजिक भिडियोमा नायक पुष्प खड्का र समारिका ढकालबीचको अन्स्क्रिन प्रेमलाई देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेको हो । रनिकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।
प्रकाशित मितिः २०७९ मंसिर २८ बुधबार
Comments