काठमाडौं । अभिनेता पुष्प खड्का आफ्नी फिटनेसमा खुबै ध्यान दिन्छन् । पुष्पले फिल्म ‘मारुनी’ को छायांकनको समयदेखि मात्र आफूले फिटनेसमा बढी ध्यान दिन थालेको बताएका छन् ।
बुधबार बौद्धमा एक वर्ष अगाडि स्थापना भएको एसआई फिटनेसको ब्रान्ड एम्ब्यासडरमा नियुक्त भएपछि मिडियाकर्मीसंग कुरा गर्दै पुष्पले भने– ‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स ९’ का लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ ।’
पुष्पले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तथा अभिनेता सुशिल श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताए । उनले अगाडि भने–‘जिम गर्नुपर्ने कलाकार दयाहाङ राई दाई हुन् जस्तो लाग्छ ।’
अभिनेता खड्काको क्रेज र जिमप्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्ब्यासडरमा नियुक्त गरेको एस आई फिटनेशनका संचालक कुमार स्याङ्बोले जानकारी दिए । उनले अहिले फिटनेस सेन्टरमा ३ सय जना नियमित रुपमा जिम गर्न आउने गरेको बताए ।
कुमारले देशभर नै एसआई फिटनेशनको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाँडै नै महाराजगञ्जमा शाखा खोल्न लागेको समेत बताए ।
प्रकाशित मितिः २०७९ असार ०८ बुधबार
Comments