काठमाडौं । बलिउडकी सुन्दरी नायिका सोनम कपूर चाँडै नै सन्तानलाई स्वागत गर्दैछिन्। फेशन आइकन सोनम कपूर गर्भावस्थाको समयमा पनि स्टाइलिश देखिएकी छन्। सोनम कपूरले बेबी बम्पका धेरै तस्बिरहरु पनि खिचाईसकेकी छन्। जसमा उनलाई धेरैले सुभेच्छा र आशिर्वाद दिएका थिए।
तर हालै उनले सार्वजनिक गरेको एक तस्बिरपछि भने उनलाई धेरैले ट्रोल गरेका छन्। आइतबार सोनमले आफ्नी बहिनीसँग लण्डनमा घुम्दै गरेको एउटा तस्बिर सार्वजनिक गरेकी छन्। यो तस्बिरमा उनको परिहन र देखाइएको ‘बेबी बम्प’ लाई लिएर सामाजिक सञ्जालकर्ताले उनको ट्रोल गरेका छन्।
उनलाई यो स्टाइल चर्चित गायिका रिहानाबाट नक्कल गरिएको भन्दै समाजिक सञ्जाल प्रयोग कर्ताले ट्रोल गरेका छन्। एजेन्सी
Comments