काठमाडौं । दक्षिण भारतीय अभिनेत्री नयनताराले हालैमात्र विग्नेश शिवनसँग विवाह गरिन् । विवाहलगत्तै उनले आफ्नो अभिनय जीवनलाई लिएर एउटा महत्वपूर्ण निर्णय लिएकी छन् ।
उनले अब चलचित्रमा देखाइने अन्तरंग दृश्यमा अभिनय नगर्ने घोषणा गरेकी छन् । यतिमात्र होइन, चलचित्रमा अभिनेता तथा सहअभिनेतासँग रोमान्टिक दृश्य पनि नदिने भएकी छन् । उनी श्रीमानसँग क्वालिटी टाइम बिताउनका लागि केही समय अभिनयबाट पनि ब्रेक लिँदैछिन् ।
नयनताराको आउँदो चलचित्र ‘जवान’ हो । यो चलचित्रमा उनी अभिनेता शाहरुख खानसँग देखिँदैछिन् । शाहरुख आफै पनि अन्तरंग दृश्य दिन चाहँदैनन् । यही कारण नयनताराले चलचित्रमा अन्तरंग दृश्य नदिने निर्णय लिएकी हुन् ।
नयनतारा विवाहपछि आशीर्वाद लिन श्रीमानसँग तिरुपति मन्दिर पुगेकी थिइन् । मन्दिर परिसरमा चप्पल लगाएर पुगेपछि उनी विवादमा तानिएकी थिइन् । विवादमा आएपछि जोडीले एक विज्ञप्ती जारी गर्दै माफी मागेको थियो । उनीहरूले आफू हतारमा रहेकाले चप्पल खोल्न बिर्सिएको बताएका थिए । एजेन्सी
Comments