काठमाडौं । नवल खड्काको निर्देशनमा बनेको फिल्म ‘काँडेतार’को टिजर सार्वजनिक भएको छ। देशभक्तिको मुद्दा बोकेको फिल्मको टिजर शनिबार सार्वजनिक भएको हो। फिल्मको कथा तथा फिल्मलाई निर्माण खड्काले नै गरेका छन्। फिल्मको कार्यकारी निर्माताको रुपमा सत्यकला राई रहेकी छिन्।
फिल्मको पटकथालाई शिभम अधिकारी र निर्देशक खड्काले नै लेखेका छन्। फिल्मको सहायक निर्देशक रामशरण कोइराला रहेका छन्।टिजरमा नेपाल र भारतबीचको द्वन्द्व देखाइएको छ। नेपालको स्वाधिनता बचाउनका लागि भएको लडाईंमा फिल्म आधारित छ।
फिल्ममा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ लगायतका कलाकार मुख्य भूमिकामा छन्। साथै अञ्जु केसी, खेम नेपाली, प्रतिक श्रेष्ठ, केशव रायमाझीलगायतका कलाकारले फिल्ममा काम गरेका छन्। फिल्मका द्वन्द्व निर्देशक केशव रायमाझी हुन्। फिल्मलाई तारा थापा र बन्दे प्रसादले सम्पादन गरेका छन्।
प्रकाशित मितिः २०७९ जेठ २९ आइतबार
Comments