काठमाडौं । चलचित्र ‘झिंगे दाउ’ को छायंकन अन्तिम चरणमा पुगेको छ। निर्देशक देउजाले गीत बाहेकको पोष्ट–प्रोडक्सनको काम पनि सकाई सकेको बताएका छन् ।ललितपुरस्थित श्रीकाली चौरमा बाँकी रहेको सिनेमाको एक गीतको छायांकन गरिरहेका छन् । बुधबार चलचित्रको इन्डक्ल्याप राखिएको थियो ।
तर, वर्षाका कारण चलचित्रको छायांकन बिहीबारसम्म पुगेको हो। निर्देशक देउजाले चलचित्रको गीतमा मात्रै १५ लाख बढि खर्च भएको बताए ।चलचित्रको कथाको माग अनुसार कुनैपनि सम्झौता नगरी गीतको छायांकन गर्दा बजेट राम्रै खर्च भएको र काम निकै राम्रो भइरहेकोले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाए ।
केही दिनमा चलचित्रको गीत सार्वजनिक गर्दै प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ । चलचित्रका आउँदो भदौँको अन्तिम साता प्रर्दशन हुनेछ। छायाँकन भएको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् । गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ ।
‘ए माया तिमी विना जीवन चल्दैन’ बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको चलचित्रमा भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’ मा आधारित रहेको छ ।
प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सिनेमामा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।
प्रकाशित मितिः २०७९ जेठ २६ बिहिबार
Comments