काठमाडौं । हृदयघातका कारण ३१ मेमा निधन भएका बलिउडका गायक केकेको अन्तिम गीत सार्वजनिक भएको छ। प्रदर्शनको पर्खाइमा रहेको फिल्म ‘शेरदिलः द पिलिभित सागा’को लागि उनले गाएको गीत सार्वजनिक भएको हो।
‘धुप पानी बेहने दे’ बोल रहेको गीत मंगलबार सार्वजनिक भएको छ। मानिस, जनावर र जंगलबीचको सम्बन्धलाई लिएर बनेको फिल्मको यो गीतमा पनि सोही सम्बन्धको महत्वलाई बयान गरिएको छ।
गीतको म्युजिक भिडियोमा अभिनेता पंकज त्रिपाठीलाई देख्न सकिन्छ। लामो समयसम्म बलिउडका गायकको रूपमा सक्रिय रहेका केकेको निधन मुम्बईको एक कार्यक्रम लगत्तै भएको थियो।कार्यक्रम समापनपछि हाटल फर्किएका उनको स्वास्थ्यमा समस्या भएपछि अस्पताल लैजाँदै गर्दा ३१ मेमा उनको निधन भएको थियो।
उनको करिअरको अन्तिम गीत भएकाले केकेको यो गीतलाई प्रशंसकले साथ दिएका छन्। गीतमा शब्द गुल्जारको रहेको छ भने संगीत शान्तनु मोइत्राको रहेको छ।गीत समावेश रहेको फिल्म फिल्म ‘शेरदिलः द पिलिभित सागा’ श्रीजित मुखर्जीको निर्देशन तथा लेखनमा बनेको हो।
भारत र नेपालको सिमानामा रहेको पिलिभित नामक ठाउँमा वन्यजन्तु र मानिसबीच जीवनका लागि भएको संघर्ष यो फिल्ममा प्रस्तुत छ। फिल्ममा पंकज त्रिपाठीसँगै निरज कवि, सयानी गुप्तालगायतका कलाकारको अभिनय रहेको छ। फिल्म २४ जुनमा प्रदर्शनमा आउँदै छ।
हेर्नुहोस गीतः
प्रकाशित मितिः २०७९ जेठ २४ मंगलबार
Comments