काठमाडौं । नेपाली फिल्म क्षेत्रमा चर्चित र स्थापित अभिनेता विपिन कार्की बलिउडमा डेब्यु गर्दैछन्। केही समयअघि उनले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने कुरा सार्वजनिक भएको थियो। हाल भने विपिनले एनिमलमा कस्तो भूमिकामा देखिने भन्ने कुरा खुलेको छ।
विपिन फिल्ममा खलनायक अर्थात ‘एन्टागोनिस्ट’को भूमिकामा देखिने भएका छन्। फिल्ममा उनका अधिकांश दृश्यहरु बलिउड अभिनेता अनिल कपुरसँगै रहनेछ। सन्दीप रेड्डीको निर्देशनमा बन्ने यो फिल्म ‘एनिमल’ भारतको बम्बे फिल्म स्टुडियोमा छायांकन हुनेछ।
फिल्ममा विपिन र अनिलसँगै रणविर कपुर र बबी देवल पनि मुख्य भूमिकामा रहेका छन्। विपिनले यी दुई कलाकारसँग पनि केही समय स्क्रीन सेयर गर्ने बताइएको छ।
प्रकाशित मितिः २०७९ जेठ २३ सोमबार
Comments