काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको स्वर रहेको गीत ‘सुन माया’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा बनेको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।
गरिमा फिल्मस्ले तयार पारेको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा शुभम आचार्य र योगिशा खत्रीको अभिनय छ । भिडियोमा उनीहरु बीचको टिनएज प्रेम देखाइएको छ ।नवराज उप्रेतीको छायाङ्कन र विकास दाहालको सम्पादनमा भिडियो तयार भएको हो ।
प्रकाशित मितिः २०७९ जेठ २० शुक्रबार
Comments