काठमाडौं । लोकसंगीतमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजन छिट्टै प्रशारण हुने तयारीमा छ । हिमालय टेलिभिजनले उत्पादन र प्रशारण गर्न लागेको शोको केही दिनयता डिजिटल अडिसन चलिरहेको छ । शोमा प्रतिस्पर्धा गर्न चाहनेले घरमै बसेर अडिसन दिन सक्नेछन् ।
डिजिटल अडिसनका लागि हिमालय टेलिभिजनको वेवसाइट एपमा अडिसन वटम क्लीक गरी लोकस्टारको अडिसन पेजमा जानुपर्नेछ । त्यहाँ आफ्नो व्यक्तिगत विवरणहरू भरी आफूले गाएको गीतको क्लीप अपलोड गरी सबमिट गर्नुपर्नेछ । प्रारम्भिक छनोटमा पर्ने प्रतियोगीलाई लोकस्टार निर्माण टिमले फोनमार्फत अगाडिको प्रक्रियाको जानकारी दिनेछ ।
एपबाट अडिसन दिने कठिनाई भए प्रतियोगीतहरूले आफ्नो विवरणसहित गीतको भिडियो क्लीप सिधै लोकस्टारको मोबाइल नम्बर ९८०१२३७८८० मा भाइबर वा ह्वाट्सएपमार्फत पठाउन पनि सकिने जनाइएको छ । शोको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै देश तथा विदेशका कन्सर्ट र चर्चित संगीतकार तथा एरेन्जरसँग गीत रेकर्डको अवसरसमेत पाउनेछन् ।
प्रकाशित मितिः २०७९ जेठ १९ बिहिबार
Comments