काठमाडौं । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानले जोया अख्तरको फिल्म ‘द आर्चीज’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । शाहरुख आफ्नी छोरीलाई अत्यधिक माया गर्छन्, छोरीले भनेका सबै कुरा मान्छन् पनि ।
तर, शाहरुखले आफ्नी छोरीसंग गरेको एउटा वचन भने पुरा गर्न सकेनन् । जुन कुराका लागि शाहरुख पनि दुःखी छन् । शाहरुखले धुम्रपान गर्न छाड्छु भनेर सुहानालाई वचन दिएका थिए, तर उनले उक्त वचन पुरा गर्न सकेका छैनन् ।
शाहरुखलाई फिल्ममा अभिनय गर्दा–गर्दै धुम्रपान गर्ने लत लाग्यो । अहिलेसम्म उक्त लतलाई उनले छाड्न सकेका छैनन् । उक्त लतका कारण छोरीबाट उनले धेरै पटक गाली पनि खाइसकेका छन् । शाहरुखले आफुलाई छोरीले धेरै गालि गर्ने गरेको एउटा कार्यक्रममा बताएका छन् ।
शाहरुख भन्छन् – ‘म यो कुरा हरेक प्लेटफर्ममा भन्न चाहन्छु, हामी फिल्ममा धुम्रपान नगर्ने सल्लाह दिन्छौं, तर वास्तविक जिन्दगीमा यसको पालना गर्न सक्दैनौं । म आफ्नो धुम्रपान गर्ने बानी त्याग्न चाहन्छु, तर मैले समय पाएको छैन ।’
शाहरुखका अनुसार धुम्रपान छोड्नका लागि समयको आवश्यक हुन्छ । ‘आज मेरी छोरी सुहानाले भनिन्–पापा, तपाईंले धुम्रपान गर्न छाड्छु भन्नु हुन्थ्यो । म वास्तवमै धुम्रपान छाड्न चाहन्छु । म दिनमा ६ देखि ७ वटा चुरोप पिउँछु । यो महिनादेखि धुम्रपान छाड्न सक्छु भन्ने अपेक्षा गर्छु ।’ एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ ०९ सोमबार
Comments