काठमाडौंं । झरना थापाको निर्देशन रहने फिल्म ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री भएको छ । निर्माण युनिटले नमस्ते इन्टरटेनमेन्ट अमेरिकालाई शो राइट बिक्री गरेको हो । नमस्ते इन्टरटेनमेन्टका अमृत राई, खेम गुरुङ र जंग राईको टिम मिलेर संचालनमा आएको हो ।
अमेरिका राइटको बिषयमा नमस्ते इन्टरटेनमेन्ट र ‘भागवत गीता’ का निर्माता सुनिल कुमार थापाबीच मंगलबार सम्झौता भयो । फिल्म अहिले प्रि–प्रोडक्सनमा रहेको छ । फिल्मको निर्माण अगाडी नै अमेरिका राइट्स बिक्रि भएकोमा आफु उत्साहित भएको निर्माता थापाले बताए ।
फिल्मको केही साता अघि जनकपुरमा टिजर छायांकन भएको थियो । सुरु देखिनै फिल्मको प्रचार प्रसार गर्दै जाने योजना अनुसार सबैभन्दा पहिले टिजर छायांकन गरिएको बताइन्छ ।साउनको अन्तिम साताबाट फ्लोरमा निस्कने ‘भागवत गीता’ मा सुहाना थापाको मुख्य भुमिका रहनेछ ।
टिजर पनि उनी माथी नै छायांकन गरिएको हो । फिल्मको अभिनेता र अन्य टिम केही समय पनि सार्वजनिक गर्ने निर्माण युनिटको योजना छ । फिल्मको स्कृप्ट लेखन अन्तिम चरणमा छ ।
झरनाकै निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ४’ पनि अमेरिका प्रदर्शन अधिकार यसै कम्पनिले किनेको नमस्ते इन्टरटेनमेन्टका सञ्चालक मध्येका एक अमृत राईले बताए । ‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका छ ।
प्रकाशित मितिः २०७९ जेठ ०४ बुधबार
Comments