काठमाडौं । केही दिनअगाडि मात्रै फिल्म ‘वर एण्ड बधु’ मा अनुबन्धित भएका कमेडियन हिमेश पन्त अर्को फिल्म ‘शमशेर’मा पनि अनुबन्धित भएका छन्।निर्माण टिमले हिमेशको लुक्स सार्वजनिक गर्दै फिल्ममा अनुबन्धित भएको जानकारी दिएका हुन्। फिल्ममा उनी ग्याङस्टारको भूमिकामा देखिनेछन्।
लगातार दुई फिल्ममा अनुबन्धित हुँदा निकै उत्साहित भएको त्यस्तै अर्को फिल्म ‘हुतुतु’ का लागि पनि कुरा भइरहेको छ तर पक्का पक्का भइनसकेको उनी बताउँछन् । हिमेशले फिल्ममा काम गरे पनि आफ्नो कमेडियन यात्रा नरोक्ने बताए।
‘फिल्ममा हाम्रो भूमिका २०-३० मिनेटको हुन्छ, यसले मेरो कमेडीमा केही असर पर्दैन। त्यसो त हाम्रो कमेडी कार्यक्रम महिनामा एकरदुई एपिसोड मात्र हुन्छ। त्यसैले दुवैतिर समय मिल्छ,’ उनले भने।
फिल्मका लागि यसअघि मनिष राउत र गौरव पहारी मुख्य भूमिकामा छानिएका थिए। फिल्मको मुख्य अभिनेत्री भने अझै छनौट हुन बाँकी छ। फिल्ममा सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली लगायतका कलाकारको अभिनय रहनेछ।
एक्सन जनरामा निर्माण हुने फिल्म एभरेष्ट फिल्म एकेडेमी र डिआर डेनिमको ब्यानरमा बन्न लागेको हो। फिल्म काठमाडौँ, दुबई, सोलुखुम्बु लगायतका स्थानमा छायांकन हुने बताइएको छ।
निर्माण टिमले फिल्मको निर्देशक र निर्माता सहितको टिम एक कार्यक्रम गरी सार्वजनिक गर्ने जनाएको छ। हिमेश ‘स्ट्यान्ड अप कमेडी’ रियालिटी शो ‘कमेडी च्याम्पियन’ पहिलो सिजनका विजेता हुन्।
प्रकाशित मितिः २०७८ चैत १७ बिहिबार
Comments