काठमाडौं । फिल्म निर्देशक तथा अभिनेता माओत्से गुरुङ अभिनित म्युजिक भिडियो ‘दोधारे’ सार्वजनिक भएको छ । रामहरि खड्काको शब्द, निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीतमा माओत्सेलाई अभिनयमा रामहरि खड्का, विवेक गुरुङ, क्रिष्टी गुरुङ र सुर्य सुनुवारको अभिनय छ ।
पोखराको सुन्दर स्थल माछापुच्छ्रेको काखमा रहेको पुम्दी भुम्दीकोटमा छायाङ्कन गरिएको भिडियो प्रकाश गुरुङले छायाँकन गरेका हुन् । भिडियोमा प्रकाश गुरुङको सम्पादन तथा निर्देशन रहेको छ । भिडियोलाई रोनिस एण्ड ड्याड अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २९ बुधबार
Comments