काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुरस्थित आफ्नो एक्सक्लुसिभ शोरूमबाट ‘टीभीएस रेडर ’ सार्वजनिक गरेको छ । कलाकारहरूको उपस्थितिमा १२५ सीसी श्रेणीअन्तगर्तको अत्याधुनिक फिचर्स भएको नयाँ मोटरसाइकल ‘टीभीएस रेडर’ सार्वजनिक गरिएको हो ।
कार्यक्रममा सप्तरंग ३ का चर्चित हास्य कलाकार सन्दीप छेत्री, राजाराजेन्द्र पोखरेल, गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी उपस्थित थिए ।
युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट-ईन-क्लास फिचर्सका साथै फर्स्त-ईन-सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ,’ उनले बताए ।
प्रकाशित मितिः २०७८ मंसिर २९ बुधबार
Comments