काठमाडौं । कोरोना महामारीका कारण धेरैपटक प्रदर्शन मिति सार्नुपरेको लप्पन छप्पन २ फागुन १३ देखि प्रदर्शन गर्ने तयारीमा निर्माता टिम छ । गत भदौमै सार्वजनिक गरिएको मितिमा फिल्म प्रदर्शन हुने फिल्मका निर्माता तथा निर्देशक मुकुन्द भट्टले बताएका छन् ।
मंगलबार आफ्नो फेसबुक अकाउन्टमार्फत आफूले फिल्म फागुन १३ मा प्रदर्शन नहुने हल्ला सुनेको, त्यसले आफूलाई केही असर नगरेको र फिल्म फागुन १३ मै आउने उनले बताएका छन् ।
एक्सन जनरामा बनेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक भट्ट हुन् ।
यतिवेला भट्ट एक्स ९ः लेवल वानु निर्माणको तयारीमा छन् । बलिउड अभिनेता सुनील सेट्टीदेखि नेपालका अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहने उक्त फिल्मलाई नेपालको सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्मको रुपमा प्रचार गरिएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २९ बुधबार
Comments