काठमाडौं । अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतिक्षित पिरियड स्पोर्ट्स ड्रामा ‘८३’ ले ‘यू’ प्रमाणपत्र पाएको छ । अर्थात, यो चलचित्र हेर्न अब कसैलाई, कुनै उमेरसमूहलाई रोक छैन् ।
यसका साथै चलचित्रले सीबीएफए (सेन्ट्रल बोर्ड अफ फिल्म्स सर्टिफिकेसन) बाट बिनाकुनै काँटछाँट पास भएको छ । “यु सर्टिफिकेटसहित चलचित्र पास भएको छ । छोटकरीमा भन्नुपर्दा चलचित्र काँटछाँट भएन । यो पूर्णरुपमा पारिवारिक चलचित्र हो” बलिउड हंगामाले लेखेको छ ।
दुई घण्टा ४३ मिनेट लामो चलचित्रलाई १३ डिसेम्बरमा सेन्सरबाट पास सर्टिफिकेट पाएको हो । सन् २०२० अप्रिल १० मा रिलिज मिति तोकिएको चलचित्र कोरोना महामारीका कारण अन्ततः सन् २०२१ डिसेम्बर २४ मा रिलिज हुने भएको छ । यो चलचित्र भारतीय क्रिकेट टिमले सन् १९८३ मा वल्र्ड कप जितेको जितमा आधारित हो ।
कवीर सिंहको निर्देशन रहेको चलचित्रमा रणवीर सिंह कपिल देवको भूमिकामा छन् भने दिपिका पादुकोण कपिलकी श्रीमतीको भूमिकामा छिन् । उनीहरूका साथै पंकज त्रिपाठी, ताहिर राज भसिन, एमी विर्क, साकिब सलीमलगायतको अभिनय रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २९ बुधबार
Comments