काठमाडौं । बलिउडका चर्चित अभिनेता टाइगर श्राफ अहिले बेलायतमा आफ्नो आगामी फिल्म ‘गणपत’ को सुटिङमा व्यस्त छन् । हालै टाइगरले त्यहाँबाट एउटा भिडियो सामाजिक सञ्जालमा फ्यानसँग सेयर गरेका छन् ।
अभिनेताले भिडियोको क्याप्शनमा लेखेका छन्, ‘मेरो दिन -१ डिग्रीमा सुरु गर्नको लागि सानो प्रकृति क्रायोथेरापी।’ यो भिडियो हेरेर फ्यानसहित धेरै सेलिब्रेटीहरूले उनको साहसको तारिफ गरिरहेका छन् । दिशा पटानीले यो भिडियोमा कमेन्ट गर्दै ‘एलओएल’ लेखेकी छिन् ।
यसअघि टाइगरले ‘गणपत’का निर्माता ज्याकी भगनानीसँगको हिउँ परेको बेलामा उनले आफ्ना केही तस्बिरहरू पनि शेयर गरेका थिए । यी तस्विरहरूमा ज्याकी स्वेटर र फुल प्यान्टमा देखिएका थिए । टाइगर शर्टलेस देखिएका थिए ।
प्रकाशित मितिः २०७८ मंसिर २८ मंगलबार
Comments