काठमाडौं । हरर फिल्म ‘कठपुतली’को ट्रेलर सार्वजनिक भएको छ । भीमसेन लामाको निर्देशनमा बनेको यस फिल्म राजाको दरबार भित्रको सेरोफेरोमा आधारित छ ।
फिल्ममा कर्मा, गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । पुष १६ मा रिलिज हुने तयारीमा रहेको यस फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् ।
प्रकाशित मितिः २०७८ मंसिर २४ शुक्रबार
Comments