काठमाडौं । ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ । तीन चर्चित अभिनेताको अभिनय रहेको फिल्म ‘आरआरआर’को ट्रेलर रिलिज हुनुभन्दा एकमहिनाअघि बाकीँ रहेको हो । ट्रेलरमा धमाकेदार एक्शन देखाइएको छ ।
फिल्ममा एनटिआर र रामचरणसँगै अजय देवगन, आलिया भट्ट, ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ । महँगो लगानीमा निर्माण भइरहेको यस फिल्म आउँदो जनवरी ७ मा रिलिज हुँदैछ ।
प्रकाशित मितिः २०७८ मंसिर २३ बिहिबार
Comments