काठमाडौं । बलिउड अभिनेता विक्की कौशल तथा अभिनेत्री कट्रीना कैफ आज बिहिबार वैवाहिक जीवनमा बाँधिदैछन् । यी दुबैले राजस्थानको जयपुरस्थित सवाई माधेपुरको सिक्स सेन्सेस फोर्ट बरबाडामा आज लगनगाँठो साटासाट गर्ने भएका हुन् । योसंगै बलिउडकै सुन्दर अभिनेत्री कट्रीना अभिनेता विक्की कौशलको दुलही बन्नेछिन् ।
एउटा समाचारमा जनाइए अनुसार दुलाहा विक्की कौशललाई उनीहरुको वैवाहिक समारोहलाई सञ्चारकर्मी तथा सञ्चारमाध्यमबाट टाढा राखिएकोमा खुशी छैनन् । विक्कीलाई उनीहरुको वैवाहिक समारोहस्थल पनि खासै मन परेको छैन ।
यो वैवाहिक समारोहका सम्पूर्ण निर्णयहरु कट्रीनाले गरिरहेकी छिन्, विक्कीले उनलाई साथ मात्र दिइरहेको पनि समाचारमा जनाइएको छ ।
पछिल्लो जानकारी अनुसार विक्की र कट्रीनाको वैवाहिक कार्यक्रमको प्रारम्भ बिहिबार मध्यान्हदेखि हुनेछ ।करिव ३:४५ देखि ४ बजेको बीचमा उनीहरुले जग्गे परिक्रमा छन् । उनीहरुले परिक्रमा गर्ने जग्गेको मुख मन्दिरतर्फ फर्काइएको बताइन्छ ।
कट्रीना र विक्कीले अन्तिम समयसम्म पनि आफ्नो वैवाहिक समारोहका हरेक कुराहरु गोप्य राख्ने प्रयास गरेका थिए । यद्यपि, उनीहरुको विवाह हुनुअघि नै विवाहको निमन्त्रणपत्रको तस्बिर कट्रीना कैफको फ्यान क्लबमा भाइरल भयो ।
समाचारमा जनाइए अनुसार कट्रीनाले आफ्नो विवाहको करीब ७५ प्रतिशत खर्च उनी आफैंले गर्दैछिन् । यात्रा, सुरक्षा, पाहुनाहरुका लागि खर्च सबै कट्रीनाले हेरेकी छिन् । विवाहसंग सम्बन्धि हरेक ठूला निर्णयहरु उनी आफैंले लिइरहेकी छिन् ।विक्कीले भने विवाहमा २५ प्रतिशत खर्च गरिरहेका छन् ।
प्रकाशित मितिः २०७८ मंसिर २३ बिहिबार
Comments