काठमाण्डौं । सातै प्रदेशमा ‘टीभीएस रेडर सप्तरंग-३’ हुने भएको छ ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस रेडर ९ सप्तरंग-३’ हुने जानकारी गराएको थियो ।
गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउनेछ ।
‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनुनै ‘सप्तरंग’ को मूल आशय हो ।
कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखि काँकडभिट्टा बाट सुरु हुने ‘सप्तरंग-३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ ।
काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ ।
‘सप्तरंग-३’ मा अभिनेता राजेश हमाल गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल,अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी भएका छन् ।
नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभुषालाई विश्वसामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाई लाई प्रष्टाएको छ ।
दोस्रो संस्करणको सफल आबध्द पश्चात यो पटक फेरी टीभीएस मुख्य प्रायोजकको रुपमा आबद्ध भएको छ ।
यो पटक टीभीएस ले आफ्नो नयाँ बाईक टीभीएस रेडर साथ् लिएर प्रचार अगाडी बढाउने भएको छ ।
केहि साता अगाडी मात्र नेपाली बजारमा लन्च गरिएको टीभीएस रेडर लाई यसको स्पोर्टी लुक्स, पावर र पिक९अप ले गर्दा ग्राहकहरुको मन जित्न सफल भएको छ र सातै प्रदेशमा सप्तरंग संग आबद्ध भै टीभीएस रेडर पनि सातै प्रदेशमा भब्य लन्च गरिने भएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २२ बुधबार
Comments