काठमाण्डौं । करोडको सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपी सुकेश चन्द्रशेखरको विषयलाई लिएर बलिउड नायिका ज्याकलिन फर्नान्डिससँग सोधपुछ हुँदैछ
यसैका लागि आज उनी दिल्लीको प्रवर्तन निदेशालय (ईडी) पुगेकी छन् । ईडीले दायर गरेको चार्जसिटले सुकेशले ज्याकलिनमाथि पानी जसरी पैसा खर्च गरेको संकेत गरेको छ । यहाँसम्म कि गरगहनादेखि आयातित घरपालुवा जनावरसम्म गिफ्ट गरेको पाइएको छ । अहिले यही गिफ्टले ज्याकलिनलाई समस्यामा पारेको छ ।
ईडीका अनुसार ज्याकलिन र सुकेशबीच जनवरीमा कुरा भएको थियो । उनीहरूको कुरा त्यतिबेला पनि हुन्थ्यो जब सुकेश तिहाड जेलमा थिए ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ईडीले करीब सात हजार पानाको चार्जसिट अदालतमा दायर गरेको छ, जसमा ज्याकलिनसमेत धेरै व्यक्तिहरूको नाम समावेश छ ।
सुकेशले ज्याकलिनलार्य १० करोडको उपहार दिएका थिए, जसमा चारवटा पर्सियन बिरालो थियो । एउटा बिरालोको ९ लाख रूपैयाँ पर्ने चार्जसिटमा उल्लेख छ । साथै ५२ लाखको एउटा घोडा पनि उपहार दिएको बताइएको छ ।
यस्तै चार्जसिटमा कलाकार नोरा फतेहीको कुरा पनि उठेको छ । सुकेशले नोरालाई एउटा बीएमडब्ल्यू कार र आईफोन गिफ्ट गरेका थिए ।
सुकेश तिहाड जेलमा बन्द छन्, यस मुद्दाको सुनुवाइ डिसेम्बर १३ मा हुनेछ ।
प्रकाशित मितिः २०७८ मंसिर २२ बुधबार
Comments