काठमाण्डौं । कट्रिना-विक्कीको विवाह समारोह सुरु भइसकेको छ र उनीहरुका फ्यान यो जोडीलाई देख्न आतुर छन् । तर कट्रिना-विक्कीको तर्फबाट कायम हुँदै आएको गोप्यताका कारण यो सम्भव भइरहेको छैन ।
बिहेमा मितिदेखि अतिथिसम्मका जानकारी गोप्य राखिँदा भारतीय मिडियामा कट्रिना-विक्कीको बिहेबारे अनेक अडकलबाजी हुने क्रम जारी छ । यस्तै बेला भारतीय सञ्चारमाध्यममा यति गोप्यता कायम राख्ने कारणबारे खुलासा भएको छ ।
मिड-डेका अनुसार कट्रिना-विक्कीको बिहे छायांकन गर्ने अधिकार अमेजन प्राइम भिडिओलाई बेचिसकिएको छ । यसका लागि यो स्टार जोडीलाई ८० करोड रुपैयाँ भारु पाउने छन् । यसै कारण बिहेसम्बन्धी हरेक जानकारी गोप्य राखिएको हो ।
कट्रिना-विक्कीको बिहेमा अतिथिलाई स्मार्ट फोन लैजान समेत निषेध गरिएको छ । बिहेमा सहभागी अतिथिले बिहेका कुनै पनि तस्बिर वा फुटेज सेयर नगरुन् भनेर यसो गरिएको हो । डिसेम्बर ७ देखि ९ सम्म चल्ने विवाह समारोहका कुनै पनि जानकारी बाहिर आएको छैन । तर सामाजिक सञ्जालमा भने यो स्टार जोडी निरन्तर ट्रेन्डिङमा छन् ।
यी दुई कलाकारबीचको विवाह समारोह भारतको राजस्थान, सवाई माधोपुरस्थित सिक्स सेन्स फोर्ट बर्वारामा चलि लागेको हो ।
प्रकाशित मितिः २०७८ मंसिर २२ बुधबार
Comments