काठमाण्डौं । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रीना कैफ ९ डिसेम्बरमा विवाह गर्दै छन् । ७ डिसेम्बरमा यी दुईको मेहेन्दी राजस्थानमा भएको थियो । राजस्थानको सिक्स सेन्सस फोर्ट बरवाडामा विवाहको भव्य कार्यक्रम भईरहेको छ ।
८ डिसेम्बर दिउँसो अभिनेता अभिनेत्रीको हल्दी कार्यक्रम र संगीत हुँदैछ। सबै कार्यक्रममा कट्रीनालाई दुलाह पक्षबाट ‘भाउजू’ भनेर सम्बोधन गर्न थालिएको छ ।
खबरको अनुसार यो जोडीको मेहेन्दीको रातमा परिवारले म्यूजिकल चियर खेलेका छन्, जसमा विक्कीले हार व्यहोरे ।
योसँगै कट्रीनाकी आमाले विक्कि कौशलको बाबाआमालाई लण्डन आउनको लागि निम्तो गरेकी छन् । विक्कीका अभिभावक जनवरीमा लण्डन जान सक्ने छन् ।
प्रकाशित मितिः २०७८ मंसिर २२ बुधबार
Comments