काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘घामड शेरे’ युट्युबमा सार्वजनिक भएको छ । हेमराज बिसीको निर्देशनमा बनेको यस फिल्म सोमबार युट्युबमा सार्वजनिक भएको हो । निश्चल र स्वस्तिले फिल्ममा अनस्क्रिन रोमान्स गरेको यो पहिलो फिल्म हो ।
फिल्ममा यी दुई भेना र सालीको भूमिकामा छन् । फिल्ममा निश्चल र स्वस्तिमा सहित सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २१ मंगलबार
Comments