काठमाडौं । बाह्रवटा रोटरी क्लबहरुले सेयरिङ्ग द रोटी स्टोरी कार्यक्रममा आयोजना गरेका छन् । रोटरी डिस्ट्रीक्ट ३२९२ मा आवद्ध रोटरी क्लबहरुले विभिन्न समयमा देशको विभिन्न भू–भागमा पुर्याएको उल्लेखनीय सामाजिक अभियानबारे श्रब्यदृश्य सामाग्री प्रस्तुत गरेका हुन् । त्यसमा सहभागी बाह्रैवटा रोटरी क्लबहरुले आ–आफ्नो स्टल राखी त्यसमार्फत पनि क्लबले गरेका सामाजिक कार्यहरुको सारांश प्रस्तुत गरेका थिए । त्यसमध्ये तीनवटा स्टललाई उत्कृष्ट स्टल पनि घोषित गरिएको थियो ।
रोटरी क्लब अफ काठमाडौं, रोटरी क्लब अफ काठमाडौं मेट्रो, रोटरी क्लब अफ बिराटनगर, रोटरी क्लब अफ वाग्मती काठमाडौं, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ काष्ठमण्डप, रोटरी क्लब अफ पाटन साउथ, रोटरी क्लब अफ त्रिपुरेश्वर, रोटरी क्लब अफ काठमाण्डौं मिडटाउन, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ कान्तिपुर, रोटरी क्लब अफ कुपण्डोलको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बिभिन्न देशका राजदूतहरु, यूनेस्कोका पदाधिकारीहरु, संयुक्त राष्ट्र संघका पदाधिकारीहरु, अन्य वैदेशिक नियोगका प्रतिनिधिसमेत सहभागी थिए ।
प्राकाशित मितिः २०७८ मंसिर १९ आइतबार
Comments