काठमाडौं । ब्लकबस्टर फिल्म सूर्यवंशी नेटफ्लिक्समा रिलिज भएको छ । सिनेमा हलमा रिलिज भएको एक महिनापछि फिल्मलाई ओटिटि प्लेटफर्ममा रिलिज गरिएको हो । कोभिडका कारण छिन्नभिन्न भएको मनोरञ्जन क्षेत्रलाई चलायमान गराउने सफल फिल्म हो, सूर्यवंशी । अक्षय कुमार, कट्रिना कैफ स्टारर फिल्म सूर्यवंशीको कथा भारतको विभिन्न स्थानमा भएको आतङ्कवादी हमलामा आधारित छ ।
फिल्ममा सूर्यवंशी, सिङ्घम र सिम्बा मिलेर मुम्बईमा हुन लागेको आतङ्कवादी हमलालाई रोक्न सफल हुन्छन् । निर्देशक रोहित शेट्टीको ‘पुलिस युनिभर्स’मा निर्माण भएको ‘सूर्यवंशी’ मा ज्याकी श्राफ खलनायकको भूमिकामा छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर १८ शनिबार
Comments