काठमाडौं । दक्षिण भारतीय फिल्म ‘मरक्कर – लायन अफ द अरेबियन सी’ बिहीवारबाट सिनेमाघरमा रिलिज भइसकेको छ । यसै फिल्मबाट बलिउड अभिनेता सुनिल सेट्टीले लामो समयपछि कमब्याक गरेका छन्। फिल्ममा सुनिलका साथै मोहनलाल, मन्जु वारियर र अर्जुन सरजाको पनि मुख्य भूमिका रहेको छ।
यस फिल्मले दर्शक र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। यसै बिच प्रि-बुकिङबाट यस फिल्मले १०० करोड (भारु) कमाएको खबर बाहिरिएको छ। प्री-बुकिङबाट १०० करोड कमाएको यो पहिलो भारतीय फिल्म भएको फिल्ममेकरको दाबी छ।
४१ सय स्क्रिनमा रिलिज भएको यस फिल्मले पहिलो दिनमा १५ करोडको व्यापार गर्न सफल भएको थियो। जसमा १६ हजार शो पहिले नै बुकिङ गरिएको थियो। फिल्मले जम्मा ११५ करोडको कलेक्सन गरेको छ।
प्रियदर्शनको निर्देशन रहेको यो फिल्म नेवी चिफ मोहम्मद अली कुञ्जली मरक्करको जीवनमा आधारित छ। फिल्मको कथा १७ औं शताब्दीको कोझिकोडसँग सम्बन्धित छ।
मोहनलाल मरक्करको भूमिकामा देखिएका छन् भने सुनील शेट्टीले फिल्ममा योद्धाको भूमिका निभाएका छन्। यस फिल्मलाई तमिल, तेलुगू, कन्नड र हिन्दी भाषामा पनि रिलिज गरिएको छ। एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर १७ शुक्रबार
Comments