काठमाडौँ । प्रकु पाण्डेको निर्देशनमा बनेको चलचित्र ईओजी (एरर्स अफ गड) को टिजर सार्वजनिक भएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
चलचित्रमा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमञ्चका पचास भन्दा बढी कलाकारको अभिनय छ ।
संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको यस चलचित्रमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानको कथालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको छ ।
क्राइसिस ज्याक (कृष्ण) को छायाँकन रहेको यस चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर १७,शुक्रबार
Comments