भक्तपुर । नेपालकी वरिष्ठ सौन्दर्यकर्मी भक्तपुर निवासी सुमीत्रा श्रेष्ठ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएकि छन् ।
उनले हालै दुवईको अबजद ग्राण्ड होटलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएई रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथीबाट अवार्ड प्राप्त गरेकि हुन् ।
वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो ।
नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट श्रेष्ठले अवार्ड पाएकि हुन् ।
सौन्दर्य क्षेत्रमा बर्षौ लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुराएको योगदानको कदर स्वरुप उनलाई नेपालबाट उक्त अवार्डको लागि छनौट गरिएसँगै उनी उक्त अवार्डबाट सम्मानित भएकि हुन् ।
Comments